विजयकुमार साह
ढल्केबर, साउन १४ गते । धनुषाको धनुषाधाम नगरपालिका-२, मंगलपुरमा धारिलो हतियार प्रहारबाट एक पुरुषको हत्या भएको छ । सोही ठाउँ बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले सोमबार ठाकुरको हत्या भएको बताउनुभयो । हत्या अभियोगमा सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।
ठाकुरको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा जनकपुर पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रवक्ता अवाले बताउनुभयो ।