• १३ साउन २०८१, आइतबार

अनलाइन ठगी गर्ने महिला पक्राउ

blog

दमौली (तनहुँ), असार २९ गते । जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहनुभएको छ । 

थापाले तनहुँको व्यास नगरपालिका-१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर पाँच लाख ठगी गर्नुभएको हो । थापामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो । रासस