लक्ष्मी चौधरी
जनकपुरधाम, असार २२ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाउनु भएको छ । शानिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सिंहले पेस गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ र विपक्षमा ३४ मत परेको हो ।
सभामुख रामचन्द्र मण्डलले पेस गर्नुभएको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो ।