• २३ असार २०८१, आइतबार

नेकपा एसको अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन

blog

नेकपा (एकीकृत समाजवादी) को अध्यक्ष मा माधव नेपाल । फाइल तस्बिर

काठमाडौं, असार २० गते। नेकपा (एकीकृत समाजवादी)को अध्यक्ष मा माधव नेपाल सर्वसम्मत चयन हुनुभएको छ। 

नेकपा (एस)को असार १६ गतेदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी दसौँ राष्ट्रिय महाधिवेशनले फेरि पनि नेपालकै नेतृत्व चयन गरेको हो। 

नेकपा (एस) का नेता जीवनराम श्रेष्ठले सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको जानकारी दिनुभयो।

यसैगरी, उहाँले दुई सय ९९ जना केन्द्रीय कमिटी घोषणा गर्ने म्यान्डेट केन्द्रीय सचिवालयलाई प्रदान गरिएको जानकारी दिनुभयो।