• २३ असार २०८१, आइतबार

पहिरोको जोखिममा छालागडा बस्ती

blog

गाउँमाथिबाट पहिरो आएर जोखिममा रहेको खप्तड छेडेदह गाउँपालिका –६ मैतोलास्थित छालागडा बस्ती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, असार २० गते ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाको छालागडा बस्तीको माथिबाट पहिरो गएपछि यहाँका स्थानीय चिन्तित भएका छन् ।

पहिरोले कती बेला बस्ती नै पुर्ने हो कि भन्ने डरले स्थानीय निकै चिन्तित भएका हुन् ।

अविरल वर्षातका कारण गाउँमाथिबाट पहिरो आएर बस्ती जोखिममा परेको खप्तड छेडेदह गाउँपालिका –६ का स्थानीय समाजसेवी मनवीर नाथ योगीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ माथिबाट पहिरो गएपछि अहिले यहाँका घर निकै जोखिममा छन् ।’’

बर्खाकोे बेला फेरि पानी परेकाले कती बेला गाउँनै बगाउँछ कि भन्ने डरले अहिले स्थानीय दिनरात चिन्तामा हुने गरेको योगीले बताउनुभयो ।

पहिरोका कारण खप्तड छेडेदह गाउँपालिका–६ मैतोलाका सेते, उदय, सुरेन्द्र र वीरेन्द्रनाथका घर जोखिममा छन् ।