• १९ असार २०८१, बुधबार

सिद्धार्थ बैङ्कमा आगलागी

blog

सिद्धार्थ बैंकमा लागेको आगो ।

कन्हैयालाल केशरी 

पर्सा, असार १७ गते । वीरगन्ज आर्दशनगर मेनरोडस्थित सिद्धार्थ बैङ्कमा सोमबार आगलागी भएको छ । करिब साढे ४ बजेदेखि लागेको आगलागी साँझ ६ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताउनुभयो। 

उहाँले आगो निभाउन वीरगन्ज महानगरपालिका जितपुर कलैया पोखरीया नगरपालिकाका ६ वटा वारुणयन्त्र लगायत ठुलो सङ्ख्यामा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ । प्रहरी उपरीक्षक ढुङ्गेलले आगलागीको कारण खुल्न नसके पनि कुनै प्रकारको मानवीय क्षति नभएको बताउनुभयो । 

मुख्य सडक तथा घना बस्तीमा बैङ्क रहेकाले आगो नियन्त्रण गर्न केही समय लागेको भए पनि आगलागीको कारण र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढुङ्गेलको भनाइ छ ।