• १७ असार २०८१, सोमबार

विश्वकपको फाइनलमा भारत र दक्षिण अफ्रिका भिड्दै

blog

काठमाडौँ, असार १५ गते। आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा शनिबार राति भारत र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दछन्। 

पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनल पुगेको दक्षिण अफ्रिका र दोस्रो सेमिफाइनलमा साबिक विजेता इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै फाइनल पुगेको भारतबिच शनिबार प्रतिस्पर्धा हुन लागेको हो। 

दोस्रो सेमिफाइनलमा भारतले दिएको एक सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सकेको थियो। सन् २००७ मा विश्वकपको उपाधि उचालेको भारत दोस्रो पटक फाइनलमा पुगेको हो। दक्षिण अफ्रिका भने टी–२० विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो। 

फाइनल खेल शनिबार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा सुरु हुनेछ। भारत दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ भने दक्षिण अफ्रिका पहिलो पटक इतिहास लेख्न चाहन्छ।