• १७ असार २०८१, सोमबार

चट्याङ लागेर एकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, असार १४ गते । सर्लाहीको बागमतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान परेको चट्याङ लागेर बागमती नगरपालिका–१, मिलनचोक बस्ने दिलबहादुर आले मगरकी श्रीमती ६४ वर्षीया गोमा आले मगरको मृत्यु भएको हो । 

खेतको आलीमा काम गर्ने क्रममा चट्याङ लागेर घाइते मगरलाई बागमतीमा सामान्य उपचार गरी थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 

सर्लाहीको उत्तरी भेगमा शुत्रबार बिहानपख भारी वर्षासँगै अत्यधिक चट्याङ परेको थियो । चट्याङ लागेर विभिन्न स्थानमा विद्युतको मिटरलगायतका विद्युतीय उपकरणमा क्षति पुगेको छ ।