• १३ असोज २०८१, आइतबार

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

blog

लुम्बिनी प्रदेश । फाइल तस्बिर

लुम्बिनी, असार १२ गते । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गर्नुभयो । प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि ३८ अर्ब ९७ करोडको बजेट पेस गर्नुभएको थियो । आगामी वर्ष आन्तरिक राजस्वमार्फत सात अर्ब ५१ करोड र सङ्घबाट १२ अर्ब एक करोड र सङ्घबाट सलामी दस्तुरबापत ५० करोड र स्थानीय तहबाट दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ । रासस