• १४ असार २०८१, शुक्रबार

नगरपालिकाको फाँटमा नगरप्रमुखबाटै तालाबन्दी

blog

महोत्तरी समाचारदाता

महोत्तरी, असार ११ गते । महोत्तरीको जलेश्वर नगरपालिकाको विभिन्न फाँटमा कार्यवाहक नगरप्रमुखले नै तालाबन्दी गरेका छन् । चार दिन पहिला मात्रै कार्यवाहक नगरप्रमुख बन्नुभएका रवीन्द्र यादवले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीको विषयमा नगरपालिकाको दर्ता चलानी फाँट, प्रशासकीय अधिकृतसहितका फाँटमा तालाबन्दी गर्नुभएको छ । सङ्घीय  मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नं. २४७० मिति २०८१/०३/०७ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत माघवेन्द्र चौधरी नगरपालिकामा हाजिर हुन आएपछि नगरप्रमुखले हाजिर नै नगराई विभिन्न फाँटमा तालाबन्दी गर्नुभएको हो । 

तालाबन्दीका व्रmममा नगरप्रमुख पक्ष तथा प्रमुख प्रशासकीय अधिकृत पक्षबिच धेरै बेरसम्म नगरपालिकामा तनाव उत्पन्न भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन नगरपालिकामा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । तनावका कारण नगरपालिकामा नियमित कामसमेत अवरुद्ध भएको थियो । वडा नं. ९ का वडाध्यक्षसमेत रहनुभएका कार्यवाहक नगरप्रमुख यादवले आपूmहरूसँग समन्वय नै नगरी मन्त्रालयले आपूmखुसी प्रशासकीय अधिकृत पठाएको र उहाँको पृष्ठभूमि विवादित रहेकाले आपूmहरूले हाजिर गराउन नचाहेको जानकारी दिनुभयो । 

पहिलो कार्यकालमा समेत दुईचोटी प्रशासकीय अधिकृत भएर आउँदा चौधरीले नगरपालिकामा व्यापक विवादित काम गर्नुभएको र अहिले आपूmहरूले निमित्तबाटै कामकाज गराउन चाहेकाले मन्त्रालयले समन्वय गरेर अधिकृत पठाउनुपर्ने अडानमा कार्यवाहक नगरप्रमुख रहनुभएको छ । 

प्रमुख प्रशासकीय अधिकृतमा आउनुभएका माघवेन्द्रले आफू स्थानीय भएको र मन्त्रालयले आपूmलाई कामकाजमा खटाएकाले हाजिर गराई कामकाजमा लगाउनुपर्ने बताउनुभयो । 

विवाद बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले दुवैपक्षलाई बैठकमा बोलाउनुभएको छ । भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि करिब डेढ महिनादेखि जनप्रतिनिधिविहीन रहेको जलेश्वर नगरपालिकाले चार दिनअगाडि कार्यवाहक प्रमुख र उपप्रमुख पाएको थियो । नगरपालिकाले रवीन्द्रलाई प्रमुख र रतन चौधरीलाई उपप्रमुखमा चयन गरेको थियो । 

कार्यवाहक नगरप्रमुख यादवले नीति, योजना तथा बजेट ल्याउनुपर्ने समयमा मन्त्रालयले जानाजानी नगरपालिकालाई बन्धक बनाउने गरी प्रमुख प्रशासकीय अधिकृतलाई पठाएको आरोप लगाउँदै मन्त्रालयले तत्कालका लागि यो निर्णय फिर्ता लिई समस्याको समाधान गर्न आग्रह गर्नुभयो ।

वैशाख २७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँको नगरप्रमुख सुरेशप्रसाद साह र उपप्रमुख रौशन खातुनलगायत १२ जनामाथि विशेष अदालतमा आरोपपत्र दायर गरेपछि सो पद निष्व्रिmय रहँदै आएको थियो ।