• १२ असार २०८१, बुधबार

राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु

blog

अनिल पराजुली
हेटौँडा, असार ३ गते । 
मकवानपुरको राक्सिराङमा सोमबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहान ४ः३० बजे चट्याङ लागेर राक्सिराङ गाउँपालिका वडा नं. २ थुम्की बस्ने ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रजा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते हुनुभएको थियो । घाइते उहाँलाई उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । राक्सिराङमा चट्याङ पर्दा यसअघि पनि मानवीय क्षति भएको थियो ।