• १२ असार २०८१, बुधबार

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड तीन दिन बन्द

blog

गुणबहादुर रोका 

सुलीकोट, असार ३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकामाभित्र पर्ने बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड तीन दिनसम्म बन्द हुने भएको छ । धार्चे गाउँपालिका-७ स्थित न्याउली खोलाभन्दा २०० मिटर दक्षिणतर्फको पहरा फुटाई नयाँ ट्रयाकसहित बाटो निर्माण गर्नुपर्ने भएकाले तीन दिनसम्म सडक बाटो बन्द हुने भएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीस्य अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।   

उहाँका अनुसार गोरखा सडक योजना कार्यालको सङ्घीय बजेट अन्तर्गतको ९४ लाख ५२ हजार रुपियाँमा सुशासन निर्माण सेवाले उक्त सडक खण्डमा पहिरो फुटाउनुपर्ने भएकाले २९ गते मङ्गलबार बिहान ६ बजेबाट बेलुका ८ बजेसम्म ६ दिन बन्द गर्नुपरेको थियो । 

तीन दिन बन्द गर्दा समेत पहरो फुटाउने काम सम्पन्न नभएकाले थप ३ दिन असार ४ गते मङ्गलबारबाट ६ गते बिहिबारसम्म बाटो निर्माण हुने सबैमा जानकारी गराएको गाउँपालिकाले जनाएको छ । त्यस ठाउँमा बाटो निर्माण गर्दै गर्दा बाटो बनाउने डोजर नै बिग्रिन पुगेकाले त्यसको मर्मत सम्भार तथा भौगोलिक विकटताका कारण समयमै बाटो निर्माण सम्पन्न हुन नसकेको बताइएको छ । 

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्ड भएर उत्तरी गोरखाको विभिन्न ठाउँमा सबारी साधन तथा पैदल यात्रीहरुमा वैकल्पिक मार्ग प्रयोग गर्न गाउँपालिकाले पुनः आग्रह गरेको छ । बाटोको कारण यात्रुलाई पर्न गएको असुविधाप्रति गाउँपालिका क्षमाप्रार्थी भएको बताइएको छ ।