• १२ असार २०८१, बुधबार

चट्याङ लागेर एकको मृत्यु

blog

कोकिला ढकाल

इलाम, असार ३ गते । आज बिहान इलाम नगरपालिका–९ भञ्ज्याङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । नगरपालिका–९ का ३६ वर्षीय सुनिल गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बिहान साढे ६ बजेतिर पानी परिरहेका बेला परेको चट्याङले भान्सा कोठामा काम गरिरहेका गोलेलाई लागेको थियो । चट्याङबाट बेहोस भएका गोलेको उपचारका क्रममा इलाम अस्पतालमा केही बेरअघि अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।