• ९ असार २०८१, आइतबार

तीन किलो सुन र ३५ केजी चाँदी चोरी

blog

वसन्त पराजुली 

भरतपुर, असार २ गते ।  चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजारस्थित एक सुन चाँदी पसलमा चोरी भएको छ । गए राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी  वर्ष ३५ को विनोद सुनारको सुन चाँदी पसलबाट  करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले चोरले  नगद दुई लाख  रुपियाँ चोरेको पीडितले जनाएका बताउनुभयो । 

हतियारधारी समूहले सो चोरी गरेको हो । प्रनाउ भण्डारी चोरी  भएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षककै नेतृत्वमा टोली गठन भई  सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।