लीलाराज खड्का
बिर्तामोड, असार २ गते । झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १. ५० बजे निधन भएको छ ।
थापा लामो समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित रहनुभएको थियो । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयमा बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
थापाको पार्थिक शरीरलाई आइतबार बिहान १ घण्टा वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताउनुभयो ।