• १२ साउन २०८१, शनिबार

गर्मी बढेपछि घोराहीमा दुई दिन विद्यालय बन्द

blog

लिलाधर वली
घोराही, जेठ ३० गते । 
दाङमा गर्मी बढेपछि घोराही उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । दाङको घोराही उपमहानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै वर्षे बिदाबाट कट्टी हुने गरी यही जेठको ३१ र ३२ गतेका दिन विद्यालयहरूलाई बिदा दिने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिकाको शैक्षिक क्यालेन्डर अनुसार साउन महिनाको १७ र १८ गतेको बिदा कट्टी हुने अहिले विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभएको छ ।

केही दिनयता बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरू बिरामी पर्न थालेको सूचना आउन थालेपछि विद्यालयमा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभएको छ ।

जिल्लामा बढेको अत्यधिक गर्मीका कारण बुधबार तुलसीपुर उपमहानगरपालिका ११ स्थित अमर मावि उरहरीमा ६ जना विद्यार्थी बिरामी बेहोस भएका थिए । जल तथा मौसम विज्ञान कार्यालय घोराहीका अनुसार बुधबार जिल्लामा ४० डिग्रीसम्म तापक्रम मापन गरिएको छ ।