• १३ साउन २०८१, आइतबार

१० दिनदेखि आमाछोरा बेपत्ता

blog

घरपरिवारबाट सम्पर्कविहीन आमाछोरा ।

राजु लामिछाने
रुकुम पश्चिम, जेठ २५ गते ।
रुकुम पश्चिमको मुसीकोटबाट ६ वर्षीय  छोरासहित एक महिला बेपत्ता भएका छन् । मुसीकोट नगरपालिका –१ मठ निवासी २२ वर्षीया मञ्जु सार्की खड्का आफ्नो ६ वर्षको छोरा प्रतीक खड्कासँगै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी बखतबहादुर शाहीका अनुसार जेठ १५ गतेदेखि आमाछोरा सम्पर्कविहीन भएको भन्दै मञ्जुका श्रीमान् रामबहादुर खड्काले खोजी गर्न निवेदन दिनुभएको छ ।

उहाँले जेठ १९ गते खोजी कार्यका लागि र जेठ २३ गते कल डिटेल जाँचको मागसहित प्रहरीमा निवेदन दिनुभएको हो । प्रहरी निरीक्षक शाहीले बेपत्ता आमा छोराको खोजी कार्य जारी राखेको बताउनुभयो । उहाँले हुलिया परिपत्र गर्नुका साथै कल डिटेलको समेत प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिनुभयो ।

घरपरिवारबाट सम्पर्कविहीन आमाछोरालाई देख्ने वा भेट्नु हुनेले नजिकैको प्रहरी चौकी वा आफन्तजनलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।