• ८ जेठ २०८१, मङ्गलबार

९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइयाे (फाेटाे फिचरसहित)

blog

बसन्तपुरमा फोटो प्रदर्शनी–सागर बस्नेत

काठमाडौं, वैशाख १३ गते । गोरखापत्र दैनिकमा पहिलो पटक फोटो छापेको दिनको स्मरणमा आज ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ ।

वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको तस्विर प्रकाशित भएको थियो । उहाँद्वारा चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको सो तस्विरमा देखिन्छ ।

वि.सं. १९५८ वैशाख २४ गतेदेखि पहिलो पटक प्रकाशित भएको गोरखापत्रमा करिब ३६ वर्षपछि तस्विर छापिएको थियो ।

–वि.सं. १९८४ वैशाख १३ गते वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठको श्यामस्वेत तस्विर

यसैबीच, राष्ट्रिय फोटो पत्रकार सङ्घ र फोटो पत्रकार क्लबले वसन्तपुरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

दिवसको उपलक्ष्यमा राष्ट्रिय फोटो पत्रकार सङ्घले काठमाडौंमा प्रभातफेरी कार्यक्रम गरेको थियो ।