• ८ पुस २०८१, सोमबार

राष्ट्रिय सरकार गठन गरौँ : सांसद पाण्डे

blog

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डे

काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्रको विकल्प खोजेर अगाडी बढ्नुपर्ने बताउनुभयो । यसो भएमात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उहाँको भनाइ छ ।

‘‘बजेट भाषणमा जे परेपनि नपरेपनि हुने कुरा केही पनि छैन । टाँइटाँइ फिस भनेजस्तो माछा माछा भ्यागुतो हुनेजस्तो छ अरू कुराहरू केही देखिँदैनन् । त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरूलाई स्विकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडी बढेनौँ भने यो देशमा गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ ।,’’ सांसद पाण्डेले भन्नुभयो,  गन्तव्यमा पुग्न नसक्ने अवस्था छ । यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनौँ र किन नयाँ सोचका साथ हामी अगाडी बढ्दैनौँ । यसका लागि म सम्पूर्ण दलका नेताहरूलाई निवेदन गर्न चाहन्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडी बढ्नका लागि अनुरोध गर्दछु ।’’

उहाँले बजेटमा उल्लेख गरिएका कुराहरू पुरा नहुने बताउनुभयो ।