• १३ साउन २०८१, आइतबार

सर्पले डसेर बालिकाको मृत्यु

blog

भावना जोशी 

अत्तरिया, जेठ १९ गते । कैलालीको घोडाघोडीमा सर्पले डसेर बालिकाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ बेलारकी ८ वर्षीय भूमिका बोहराको सर्पले टोक्दा मृत्यु भएको हो ।

शुक्रबार घर नजिकै खेल्ने क्रममा बालिकालाई सर्पले डसेको थियो । उहाँलाई तत्कालै उपचारका लागि परिवारले सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचार सम्भव नभएपछि उपचारकै क्रममा शनिवबार बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ  ।