• १३ साउन २०८१, आइतबार

हुम्लामा घट्यो इन्धनको मूल्य

blog

सिमकोटका लागि खच्चडमा इन्धन ढुवानी गरेर ल्याइदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, जेठ १७ गते ।
हिमाली जिल्ला हुम्लामा सञ्चालन हुँदै आएका यातायातका साधनहरुका लागि इन्धनको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिका आङ्शिक रुपमा जोडिएसँगै इन्धनको मूल्य घटेको हो ।

सवारी चालक जोर बोहराले छारे भीर छिचोलिएर यातायातका साधन सञ्चालनमा आउन थालेपछि इन्धनको मूल्य घटेको बताउनुभयो । उहाँले उक्त भीरमा आङ्शिक रुपमा यातायात साधन सेनाले सञ्चालनमा आउन दिएपछि प्रत्यक्ष रुपमा इन्धनको मूल्य घटेको बताउनुभयो ।

खार्पुनाथ यातायात प्रालिका अध्यक्ष सरोज रावतले हाल पेट्रोलको मूल्य प्रति लिटर २५० रुपियाँमा झरेको जानकारी दिनुभयो । यसअघि प्रति लिटर ३५० रुपियाँ थियो ।

खार्पुनाथ गाउँपालिकाको खार्पुसम्म यातायातका साधन आउन थालेपछि प्रति लिटर एक सय रुपियाँ मूल्य घटेको उहाँको भनाइ छ ।

यसैगरी, डिजेरमा प्रतिलिटर २१२ रुपियाँ पर्ने गरेको छ । यसअघि डिजेल प्रतिलिटर २५८ रुपियाँ थियो । इन्धनको मूल्य घटे पनि यातायातका साधनको भाडादर भने नघटेको सेवाग्राहीहरुको गुनासो छ ।