• १३ साउन २०८१, आइतबार

सुर्खेतमा जिप दुर्घटना : दुई जनाको मृत्यु

blog

दुर्घटनामा परेको जिप । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी
सुर्खेत, जेठ १७ गते ।
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्गला नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार शव रुखमा अड्किएको अवस्थामा भेटिएको छ भने दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको कार्यालयले जनाएको छ ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।