• १२ साउन २०८१, शनिबार

‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र’

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं,  जेठ १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले  गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनु भएको छ । 

गणतन्त्र दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ, ‘‘जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं ।’’

नेपाली नागरिकले अधिकार प्राप्त गरेको दिनका रूपमा गणतन्त्र दिवसको स्मरण गर्दै उहाँले सबै नेपाली दिदीबहिनी, दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । 

अध्यक्ष ओलीले हामीले अधिकार प्राप्त भएसँगै कर्तव्य पनि भुल्न नहुने बताउनुभएको छ । 

उहाँले आजको दिन एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन भएको शुभकामनामा उल्लेख गर्नुभएको छ । 

अध्यक्ष ओलीले शुभकामनामा भएको छ–

‘‘आज गणतन्त्र दिवस ।  एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन । गणतन्त्र दिवसको सबैलाई शुभकामना !

आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन । गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं । सबैलाई शुभकामना !’’