• ३ असार २०८१, सोमबार

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

blog

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ १४ गते । 
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार दिउँसो ३ बजे बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

यसअघि बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गत सोमबार सकिएको थियो ।

सरकारले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) सरकारको सिद्धान्त र प्राथमिकता (प्रिबजेट) का आधार नीति तथा कार्यक्रम ल्याइने गरिन्छ ।