• ३ असार २०८१, सोमबार

सिन्धुपाल्चोकका १४ हजार बालबालिकालाई 'आईपिभी' खोप लगाईंदै

blog

बालबालिकालाई खोप लगाई अभियान सुरुवात गर्दे जिल्ला समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठ ।

चित्र मिजार

सिन्धुपाल्चोक, जेठ १३ गते । सिन्धुपाल्चोकका १४ हजार ९७४ बालबालिकालाई पोलियो रोगविरुद्धको आईपिभी खोप लगाउन सुरु गरिएको छ । सदरमुकाम चौताराको कृष्ण रत्न गङ्गा माध्यमिक विद्यालयका बालबालिकालाई खोप लगाएर खोप अभियान सुरु गरिएको छ । 

२०७३ जेठदेखि २०७५ भदौसम्म जन्मिएका तर उक्त खोप लगाउन छुट भएका बालबालिकालाई आई पि भी खोप लगाउन थालिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजागाँईले जानकारी दिनुभयो । साथै उक्त सङ्ख्या मध्य जनस्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखाको खोजतलास अनुरुप अहिले १० हजार ८७९ बालबालिकालाई खोप दिन थालिएको उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले बाह्रबिसे नगरपालिका–४ नम्बर वडास्थित प्राइभेट प्याराडाइज सेकेण्डरी स्कुलका बालबालिकालाई खोप लगाएर अभियानको सुरुवात गर्नुभएको हो । आजदेखि १७ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ ।