• २ असार २०८१, आइतबार

धावनमार्गमा समस्या आउँदा उडान अवरुद्ध

blog

काठमाडौँ, जेठ ११  गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या देखिँदा एक घण्टा उडान अवरुद्ध भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार धावनमार्गमा ‘क्र्याक’ भएपछि आज दिउँसो ११ः४५ देखि १२ः४५ बजेसम्म उडान अवरुद्ध भएको थियो । 

“धावनमार्गमा क्र्याक भएपछि करिब एक घण्टा उडान रोक्नुपरेको थियो”, उहाँले भन्नुभयो, “पहिले पनि  बर्खा र गर्मी महिना सुरु हुने समयमा यस्तो समस्या देखिन्थ्यो ।” उहाँका अनुसार धावनमार्गमा क्र्याक देखिएपछि केही विमानलाई आकाशमै होल्डमा राख्नुपरेको थियो । रासस