• २ असार २०८१, आइतबार

संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक

blog

कार्यदलको बैठक । तस्बिरः संघीय संसद सचिवालय

काठमाडौँ, जेठ १० गते। सहकारीको रकम हिनामिनाको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको विषयमा छलफल सुरु भएको छ।

बिहीबार कार्यदलको बैठक बसेको हो। बैठकले कार्यादेशको टुङ्गो लगाउने अपेक्षा गरिएको छ। यसअघि पटक-पटक बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको थियो। 

कार्यदलका संयोजक एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बैठक बोलाउनुभएको हो। 

कार्यदल सदस्यमा नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्की र जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ।