• २ असार २०८१, आइतबार

इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृत्यु

blog

इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृत्यु भएका शर्माको शव निकाल्दै प्रहरी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ १० गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, भरतपुरमा इनार सफा गर्ने क्रममा निस्सासिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय रामप्रसाद शर्मा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले इनाभित्र पसेर सफा गर्ने क्रममा निस्सासिएर शर्माको बिहीबार मृत्यु भएको बताउनुभयो । ४० मिटर गहिरो इनार सफा गर्न उहाँ भित्र पस्नुभएको थियो ।

उहाँको शवलाई रघुनाथपुर सशस्त्र वेस क्याम्पका सशस्त्र प्रहरीको सहयोग बाहिर निकालेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।