• १२ साउन २०८१, शनिबार

महोत्सवमा हेटौँडाका सम्पदा

blog

हेटौँडामा आयोजित कला महोत्सवमा तयार पारिएका कलाकृतिसहित कलाकार ।

हेटौँडा समाचारदाता

हेटौँडा, जेठ ७ गते । पर्यटन प्रवर्धन र कला जागरणको उद्देश्यसहित हेटौँडामा आयोजित तीनदिने कला महोत्सव सम्पन्न भएको छ । जेठ ३ देखि ५ गतेसम्म हेटौँडाका विभिन्न क्षेत्रमा कला कार्यशाला, छलफल आयोजना गरिएको थियो ।

महोत्सवमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक   सम्पदाको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाका माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा पुर्‍याउने खालका चित्र कार्यशालामा तयार पारिएका थिए । कला महोत्सवमा कलाकार हरिभजनमान सिंह प्रधानलाई ललितकला सम्मान–२०८१ प्रदान गरिएको थियो । ललितकलाको विकासमा स्थानीय र प्रदेश सरकारको भूमिका विषयक कार्यपत्र प्रस्तुति, कला संवाद, प्रत्यक्ष चित्रकला सिर्जना गरिएको थियो । स्याटरडे प्लेन एयरद्वारा आयोजित कला महोत्सव मानव सेवा आश्रमको सहयोगार्थ गरिएको जनाइएको छ ।