• ८ मंसिर २०८१, शनिबार

तेह्रथुममा ढाका महोत्सव सुरु

blog

तस्बिर : रासस

तेह्रथुम, जेठ ४ गते । तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार, जडीबुटीका स्टल गरी ४० वटा स्टल राखिने आयोजकले जनाएको छ ।

उद्योग वाणिज्य सङ्घ तेह्रथुम र पोखरी एकीकृत समाज म्याङ्लुङ १० तम्फुलाको संयुक्त आयोजनामा महोत्सव सुरु भएको हो । ५० हजार अवलोकनकर्ताले महोत्सव अवलोकन गर्ने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको आयोजक समिति उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजीव ढुङ्गानाले बताउनुभयो । उहाँले भत्रुभयो, “महोत्सव अवलोकनका लागि विभित्र जिल्लाका ढाका तथा अन्य उद्यमी व्यवसायीलाई निमन्त्रणा गरेका छौँ ।”

सांस्कृतिक झाँकीसहित म्याङ्लुङबजार परिक्रमा गरी सुरु भएको महोत्सव म्याङलुङ नगरपालिका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले उदघाटन गर्नुभयो । प्रमुख तुम्बाहाम्फेले मुलुकको आर्थिक विकास, स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रको विकास र प्रचार गर्न महोत्सवले महत्वपूर्ण योगदान दिने चर्चा गर्नुभयो । ढाका र गुराँसको राजधानीका रुपमा तेह्रथुम परिचित छ । महोत्सवले ढाका र गुराँसकै प्रचारप्रसार हुने महोत्सव आयोजक संस्था पोखरी एकीकृत समाजका अध्यक्ष प्रेम तुम्बाहाङ्फेले विश्वास व्यक्त गर्नुभयो । 

२८ प्रजातिका गुराँस तेह्रथुमको टिएमजे (तीनजुरे, मिल्के, जलजले) क्षेत्रमा पाइन्छ । तेह्रथुमको लालीगुराँस नगरपालिकामा पर्ने यो क्षेत्रमा तराईको गर्मी छल्न र गुराँस अवलोकन गर्न धेरै अवलोकन कर्ता आउने आङ्कलन आयोजकको छ । महोत्सवमा आउने पर्यटकले तेह्रथुमका अन्य पर्यटकीय क्षेत्रहरु ह्यात्रुङ झरना, मेन्छ्यायेम डाँडा, तिनजुरे, चिचिलिङ पोखरीलगायतको समेत भ्रमण गर्ने अनुमान गरिएको महोत्सव आयोजक समितिका सदस्य रुपक सुवेदीले बताउनुभयो । 

ढाका महोत्सवले स्थानीय उद्यमीलाई हौसला मिलेको अनुग्रह ढाका उद्योगकी सञ्चालिका शान्ति लिम्बूले बताउनुभयो । सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउन, ढाकाको ‘ब्रान्डिङ’ गर्न, ढाकाको राजधानी तेह्रथुमको पहिचानलाई पुनः उजागर गर्न यो महोत्सवले सहयोग पुग्ने नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य तथा मेला महोत्सव समितिका सभापति उमेश डालमियाले स्पष्ट पार्नुभयो । “बजारीकरणमा स्थानीय तहले निजि क्षेत्रको सहकार्यमा नङ र मासुको हिसाबमा काम गरे मात्र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्न सक्छ, स्थानीय तहले एक्लैले सम्भव छैन”, उहाँले भत्रुभयो । रासस