• १२ साउन २०८१, शनिबार

माओवादीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

blog

माओवादीको संसदीय दलको बैठक । तस्बिर: गोरखापत्र

अविनाश चौधरी

धनगढी, जेठ ३ गते । नेकपा (माओवादी) केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि ह्विपसमेत जारी गरेको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिनुभयो । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक भर्खरै सुरु भएको छ ।