• १२ साउन २०८१, शनिबार

कर्णाली प्रदेशमा खाद्य प्रशोधन केन्द्र स्थापना : घरेलु मदिराको ब्रान्डिङ हुने

blog

मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १ गते । सरकारले दुर्गम तथा पहाडी जिल्लामा खाद्यान्न तथा नुनको नियमित आपूर्ति सुनिश्चितता गर्ने घोषणा गरेको छ । 

मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।

गोरखामा एग्रो इन्डस्ट्रियल पार्क, सुदूरपश्चिम प्रदेशमा मेगा फुड पार्क  तथा कर्णाली प्रदेशका खाद्य तथा फलफूल प्रशोधन केन्द्रको स्थापना गरिनेछ । 

घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन हुने भएको छ।