विजयकुमार साह
ढल्केबर, वैशाख ३० गते । सार्वजनिक बिदाका दिन सञ्चालन गरिएका सरकारी नम्बर प्लेटका सवारीसाधन धनुषा प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेका छन् । शनिवार सार्वजनिक बिदाका पास बिना सञ्चालन गरिएका १५ वटा सरकार नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको धनुषा प्रहरीले जनाएको छ ।
कारबाही गरिएकामध्ये दुई वटा चार पाङ्ग्रे र १३ वटा दुई पाङ्ग्रे सवारीसाधन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । नियन्त्रणमा लिएका सवारीसाधन अब आइन्दा सवारी पास बिना नचाउने सर्तमा शनिवार साँझमा सम्बन्धित सवारी चालकलाई जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
सरकार सवारीसाधनको दुरुपयोग बढेकाले त्यसको रोकथाम गर्न निगरानी बढाइएको प्रहरी प्रवक्ता आवको भनाइ छ ।