• ८ जेठ २०८१, मङ्गलबार

प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

blog

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन समिति गठन गर्न माग राख्दै विरोधमा । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, वैशाख २८ गते । प्रतिनिधिसभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक जेठ १ गते अपराह्न ६ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।