• ७ जेठ २०८१, सोमबार

प्रतिनिधिसभामा कांग्रेसको अवरोध

blog

काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक अवरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गर्नुभएको हो ।

सभामुख घिमिरेले बैठकमा दलीय आधारमा बोल्न समय दिने जानकारी गराउँदै आसनमा बस्न आग्रह गर्नुभएको छ ।