• ६ जेठ २०८१, आइतबार

रास्वपा संसदीय दलको बैठकः बजेट अधिवेशनबारे छलफल

blog

काठमाडौँ, वैशाख २५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गरेको छ ।

मङ्गलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको सांसद मनिष झाले बताउनुभयो । उहाँले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको बताउनुभयो ।

‘‘छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम अहिलेसम्म जुन किसिमले तयार भएको छ, त्यो तयार भएको नीति तथा कार्यक्रममा बजेटको अधिवेशनमा हामीले तयारी गर्ने र बजेटको अधिवेशनमा तयारी गर्दैगर्दा हामी सम्बन्धित दलको चार वटा मन्त्रालय रहेको छ, मन्त्रालयमा पनि हामी कठोर रुपमा प्रस्तुत हुने ।,’’ सांसद झाले भन्नुभयो, ‘‘हाम्रो पार्टीले प्रतिनिधित्व गरेको मन्त्रालय हो, त्यसैले गर्दा यो बाहेकको छलफल गरौँ भन्ने नराखेर राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्ने त्यसरी नै प्रस्तुत हुने, प्रतिनिधित्व गर्ने भन्ने छलफल भयो । बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक छ ।’’

सांसद झाले राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको बताउनुभयो । उहाँले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको जानकारी दिनुभयो । उहाँले साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको बताउनुभयो ।

सांसद झाले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रस्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि बताउनुभयो । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मिडिया, साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको छ । प्रतिनिधि सभामा निखार्ने र तिखार्ने सवालमा पनि छलफल भएको छ । गत वर्षको बजेट अधिवेशनमा हाम्रो प्रस्तुती कस्तो रहेको थियो त्यसलाई हेर्ने र अब सुधार गर्ने बारेमा छलफल भएको छ । बजेट अधिवशेनको तयारीको क्रममा छलफल गरेका छौँ । वर्तमान वस्तुस्थिति र राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । सभापतिज्युले अपडेट गराउनुभएको छ । मन्त्रीज्युहरुले पनि अनुभव सुनाउनुभएको छ ।’’

उहाँले सबै राजनीतिक दलहरु स्वीकार गर्ने र सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने छानबिन समिति बनाउने निस्कर्षमा पुगे सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने पनि बताउनुभयो ।