• ९ जेठ २०८१, बुधबार

अमेरिकन डलर देखाई ठगी गरेको आरोपमा एक जना पक्राउ

blog

अमेरिकन डलरसहित पक्राउ परेकाडिलबहादुर भण्डारीलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुर । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, वैशाख १९ गते । 
अमेरिकन डलर देखाएर ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ  ।प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ३ का डिलबहादुर भण्डारीलाई अमेरिकन डलर देखाएर ठगी गर्न लागेको आरोपमा पक्राउ गरेको हो ।

आफूसित अमेरिकन डलर छ नेपाली रुपियाँमा साट्नुपर्‍यो भनी विश्वास दिलाई रौतहट जिल्ला गुजरा नगरपालिका वडा नं. २ घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १० नारायणघाट बस्ने खेमराज पौडेललाई हेटौँडा उपमहानगरपालिका वडा नं.१२ आल्दमारस्थित भाइरल पुलमा बोलाउने ३५ वर्षीय भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार बिहान पौडेललाई आफूसित ४१ हजार ५० अमेरिकन डलर छ नेपाली रुपियाँमा साट्नु पर्‍यो भन्दै पुलमा बोलाएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले भण्डारीलाई फेला गरी खानतलासी गर्दा निजको साथमा अमेरिकन डलर भेटिएपछि नियन्त्रणमा लिएको थियो ।

भण्डारीको साथबाट अमेरिकन डलर ५० को नौ थान, नेपाली २० रुपियाँको ५८० थान, मोबाइल चार थान र बागमती प्रदेश ०२–०४९ प ३१२५ नं. मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

उक्त डलर, नेपाली रुपियाँ, मोटरसाइकलसहित निज भण्डारीलाई नियन्त्रणमा लिई ठगी उद्योग कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।