• ८ जेठ २०८१, मङ्गलबार

मिलन र रुपेश फाइनलमा

blog

मङ्गलबारको खेलमा चाल चल्दै खेलाडी ।

काठमाडौँ, वैशाख १८ गते । काभ्रेका मिलन लामा र ललितपुरका रुपेश जैसवाल नवौँ वीर गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ । 

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा मिलनले सेमिफाइनलमा क्षितिज भण्डारीलाई हराउनुभयो । यस्तै रुपेशले पुरुषोत्तम सिलवाललाई रोक्दै फाइनलमा स्थान बनाउनुभएको हो । 

यस्तै प्रतियोगिताको आठौँ चरणको अन्य खेलमा आयोजक क्लबका सजिन महर्जन र भक्तपुरका निकेन कुसाथा ६.५ अङ्कसहित संयुक्त शीर्षस्थानमा हुनुहुन्छ । सजिनले आशिष् फुयाँल र निकेनले सुदिप तामाङलाई हराउनुभयो ।

काठमाडौँमा नवीन तुण्डकार, ललितपुरका कमल श्रेष्ठ र अनरेटेड शैलेन्द्र न्यौपानेको समान ६ अङ्क रहेको छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो ।