• २४ वैशाख २०८१, सोमबार

२६ वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ

blog

त्रिशूली (नुवाकोट), वैशाख १४ गते । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर गाउँपालिका-४ का जङ्गबहादुर तामाङ (राम)लाई प्रहरीले २६ वर्षपछि पक्राउ गरेको छ । एक महिलालाई भारतमा लगेर बिक्री गरेको पुष्टि भएसँगै मकवानपुर जिल्ला अदालतबाट नौ वर्ष सात महिना १० दिन कैद सजाय तोकिएका तामाङलाई नुवाकोट प्रहरीले आज पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा उनलाई जिल्लाको तादी गाउँपालिका-४ सातबिसेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँको अनुसार मकवानपुर जिल्ला अदालतले तामाङलाई वि.सं.२०५५ माघ १९ मा नौ वर्ष सात महिना १० दिनको कैद सुनाएको थियो । उक्त फैसला हुनुअघिदेखि नै फरार रहँदै आएका उनलाई शुक्रबार पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि आज जिल्ला कारागार चलान गरिएको छ । रासस