• २४ वैशाख २०८१, सोमबार

विद्यार्थीले बनाए विद्युतीय गाडी

blog

मुरारी अधिकारी

धादिङ, वैशाख १२ गते । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ स्थित रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विज्ञान शिक्षकको सहायतामा चारपाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेका छन् । गाडी बनाउने बाल सपनालाई पूरा गर्न उनीहरूले कबाडी सामग्री बटुलेर विद्युतीय कार निर्माण गरेका हुन् । 

सौरभ बसौला र सुशील अधिकारी रानीपौवा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । अध्ययनका व्रmममा विज्ञान शिक्षकले विद्युतीय गाडीका बारेमा बताइरहँदा सो गाडी निर्माण सम्भव छ भन्ने मनमा लागेपछि गाडी बनाउन लागिपरेको सौरभ बसौला बताउनुहुन्छ । झन्डै दुई हप्ता लगाएर निर्माण गरिएको गाडीको निर्माण लागत ७० हजार रुपियाँ रहेको उहाँहरूको भनाइ छ । विद्युतीय गाडी निर्माणका लागि चाहिने सामग्रीमध्ये केही सामान किनेर ल्याएको र केही स्थानीय रूपमा प्राप्त सामग्री नै प्रयोग गरेको बसौला बताउनुहुन्छ । 

कक्षा ९ को अन्तिम परीक्षापछि गाडी बनाउने सोचमा पुगेको बताउँदै सुशीलले भन्नुभयो, “त्यसपछि बनाउन सुरु गरेका हामीले गाडीका खेर गएका पार्टपुर्जा प्रयोग गरेर अन्ततः गाडी नै निर्माण ग¥यौँ ।” गाउँपालिका, घरपरिवार र विद्यालयको सहयोगबाट आफूहरूले उक्त गाडी निर्माण गरेको विद्यार्थीको भनाइ छ । दुई वटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् । सुशीलले भन्नुभयो, “अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौँ ।” 

निर्माण गरिएकोे गाडीमा चालकसहित तीन जना अट्ने क्षमता रहेको छ । सौरभका अनुसार गाडीले अहिलेकै अवस्थामा दुई क्विन्टल सामान बोक्ने क्षमता राख्दछ । जति बढी ब्याट्री बढाउन सक्यो, उति बढी भार बोक्न सक्ने सौरभ बताउनुहुन्छ । उक्त कारमा थप ब्याट्री जडान गर्न सकिने उनीहरू बताउँछन् । अहिलेकै अवस्थामा यो गाडीले पाँच किलोमिटरको यात्रा तय गर्न सक्ने विद्यार्थीको दाबी छ । आवश्यक सहयोग प्राप्त गरे विद्युतीय गाडी निर्माण गर्न सकिने विद्यार्थीको भनाइ छ । 

विद्यार्थीले निर्माण गरेको गाडी प्रदर्शन कार्यव्रmममा पुग्नुभएका त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको विज्ञानतर्फको आकर्षणबाट आफू प्रभावित भएको भन्दै विज्ञान प्रविधिको क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन पालिकाले पहल गर्ने बताउनुभयो । अध्यक्षसँग विद्यार्थी कार्यव्रmमको बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीका लागि क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उप्रेतीको भनाइ थियो । 

विद्युतीय गाडी निर्माणमा भएको सबै खर्च पालिकाले बेहोर्ने बताउँदै अध्यक्ष उप्रेतीले दुई विद्यार्थीलाई व्यक्तिगत रूपमा चार÷चार हजार नगदसहित सम्मान गर्नुभएको थियो । 

गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा रानीपौवा मावि अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।