• २१ वैशाख २०८१, शुक्रबार

रेखबहादुरले लगाए आफ्नै घरमा आगो

blog

सांकेतिक फाइल तस्बिर ।

रमेश विश्वकर्मा 

गुल्मी, वैशाख १० गते । गुल्मीमा रेखबहादुर परियारले आफ्नै घरमा आगो लगाएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुरले आफ्नै घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । 

आइतबार साँझ अन्दाजी ६:४० बजेको समयमा रेखबहादुरकाे आफू बस्ने ढुङ्गा माटोले बनेको एकतले दुईकोठे घरमा आगोले पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरी निजले आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घरमा आगो लगाउँदा त्यस घरभित्र रहेको अन्नपात, लत्ताकपडा जलेर घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय छरछिमेकका घरमा समेत आगो लगाउने धम्की दिने गरेको हुँदा निजलाई पक्राउ गरी प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीको नियन्त्रणमा ल्याइएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेबिचको आवश्यक समन्वयमा रेखबहादुरकी श्रीमती सीता परियारलाई जिल्ला प्रशासन कार्यालयबाट राहत उपलब्ध गराइएको छ ।