• २३ वैशाख २०८१, आइतबार

सर्वोच्चमा सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिटमा सुनुवाइ हुँदै

blog

काठमाडौं, वैशाख १० गते । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा उक्त रिटको सुनुवाइका लाथि पेशी तोकिएको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता एवम् प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर माग गर्नै आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुभएको थियो ।

नागरिक उन्मुक्तिका तर्फबाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गर्नुभएको थियो ।  तर वैशाख ४ गते पुनः दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गर्नुभएको थियो । त्यसपछि दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रदेशसभा सदस्य चौधरीद्वारा दायर रिटमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम निवेदकलाई मुख्यमन्त्री पदमा नियुक्त गरी सरकार गठन गर्न दिनुपर्ने संवैधानिक कर्तव्य भएका विपक्षी प्रदेश प्रमुखज्यू सो बाट च्युत भई मलाई सो अवसरबाट जबरजस्त वञ्चित गरी ।’

उहाँले मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको जिकिर गर्नुहुँदै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्नुभएको छ ।


यो पनि पढ्नुहोस