• २१ वैशाख २०८१, शुक्रबार

एसियन चेस च्याम्पियनसिप विजेतालाई ६ हजार डलर

blog

नेपाली बुद्धिचाल टोलीको बिदाइ गरिँदै ।

काठमाडौँ, वैशाख ८ गते । रसियाको मनिसियास्क खान्तिमा अप्रिल २० देखि ३० तारिखसम्म सञ्चालन हुने एसियन सिटिज चेस टिम च्याम्पियनसिपको विजेताले ६ हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । 

च्याम्पियनसिपमा सहभागिता जनाउन पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंको नेतृत्वमा ६ सदस्यीय नेपाली टोली शनिबार रुस प्रस्थान गरेको छ । टोलीको खेलाडीमा पुरुषोत्तमसहित सुश्रुत दहाल, गोविन्द श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठ हुनुहुन्छ । अफिसियलमा सजल कार्की हुनुहुन्छ । 

यस्तै च्याम्पियनसिपको उपविजेताले चार हजार पाँच सय र तेस्रो हुने टोलीले तीन हजार पाँच सय अमेरिकी डलर पुरस्कार पाउने नेपाल बुद्धिचाल महासङ्घले जनाएको छ । ब्यक्तिगत बाेर्डका विजेताले स्वजर्ण, रजत र कांस्य पदक प्राप्त गर्नेछन् । 

सहभागी टोलीको स्थानीय ब्यवस्थापन आयोजकले गर्नेछ । टोलीको रजिष्ट्रेशन शुल्क महासङ्घले प्रदान गर्नेछन् । गत पुस २३ देखि २८ गतेसम्म ललितपुरमा सञ्चालन भएको तुल्सिलाल स्मृति राष्ट्रिय बुद्धिचाल टिम च्याम्पियनसिपको विजेता दोलखा होम्सलाई च्याम्पियनसिपमा सहभागिता जनाउन महासङ्घले स्वीकृति प्रदान गरेको प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी दिनुभयो ।