• २१ वैशाख २०८१, शुक्रबार

कार्टुन उद्योगमा आगलागी, सामग्री जलेर नष्ट

blog

फाइल तस्विर

अनिल पराजुली

हेटौँडा, वैशाख ८ गते । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा शनिबार विहान आगलागी भएको छ । हेटौँडा–८ मा रहेको हेल्प बक्स प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा आगलागी भएको हो । 

आगलागीबाट फ्याक्ट्री जलेर नष्ट भएको छ । तर मानवीय क्षति नभएको मकवानपुर प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा लागेको आगो करिव ५ घण्टापछि नियन्त्रणमा लिएको छ ।  

घटनामा कति रकम बराबरको क्षति भएको र घटनाको कारण नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका–१९ का सञ्जिब मानन्धरले उद्योग सञ्चालन गर्दैआएको बताइएको छ ।