• १२ साउन २०८१, शनिबार

राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै जसपा

blog

काठमाडौं, वैशाख ५ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ ।

त्यस्तै, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ । महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रबन्ध मिलाउनेलगायतका कार्य हुन थालेको छ । 

महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैठक बुधबार दिउँसो २ बजे बोलाइएको जानकारी उहाँले दिनुभयो ।