• २० वैशाख २०८१, बिहिबार

लोकतान्त्रिक खेलकुद सङ्घको अधिवेशन असारमा

blog

सङ्घको बैठकमा सहभागी ।

काठमाडौँ, वैशाख ३ गते । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको अधिवेशन असारमा हुने भएको छ । सङ्घका अध्यक्ष देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय समितिको पूर्ण बैठकले सङ्घको केन्द्रीय अधिवेशन असार भित्र सम्पन्न गर्ने तय गरेको हो।

नेपाली खेलकुदको समग्र विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउन देवेन्द्र कुमार शेरचनको नेतृत्वमा २१ जनाको कार्य सम्पादन समिति गठन पनि गरिएको छ । समितिमा उपाध्यक्ष बृजेन्द्र हमाल,महासचिवद्वय सुबोध प्रधान र दीपक गुरुङ, सचिवमा मषिण जोशी, वीरबहादुर खड्का, बखतबहादुर शाही, राजु विक्रम थापा, कोषाध्यक्षमा दशरथ रिसाल रहनुभएको छ । 

समितिका सदस्यहरूमा राजु ताम्राकार, रञ्जन थापा, कुमार बस्नेत, कुबेर प्रकाश सिंह, विष्णु क्षेत्री, वेदप्रसाद वन, राम थारु, मुक्तिबहादुर रेग्मी, तुलसी थापा, जनक सिंह साउद, विश्वमान गुरुङ रहनुभएको छ ।

सङ्घको प्रवक्तामा दामोदर अर्याललाई नियुक्त गरिएको छ । बैठकले सङ्घका केन्द्रीय सदस्य सुनिल गुरुङका पिता बिलबहादुर गुरुङको चैत २७ गते हुन गएको असामयिक निधनप्रति  श्रद्धाञ्जली अर्पण र शोक प्रस्ताव पनि पारित गरेको छ।