• १९ वैशाख २०८१, बुधबार

सडक दुर्घटनामा दुई जनाको मृत्यु

blog

नवराज श्रेष्ठ

रामेछाप, वैशाख ३ गते । रामेछापमा सोमबार एकै दिन भएको छुट्टाछुट्टै सडक दुर्घटनामा जनाको ज्यान गएको छ । सोमबार बिहान मन्थली नगरपालिका–७ मन्थलीबाट नजिक टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । 

यो दुर्घटनामा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेतको ज्यान गएको र टिपर चालक दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते फुयाँललाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ आउँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो ।

यस्तै, जिल्लाको खाँडादेवी  गाउँपालिका वडा नं. ३ भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने पछाडि बस्ने घाइते भएका छन् । बा ८९ प ४३८२ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका चालक अशोक कार्कीको उपचारको क्रममा सिन्धुलीको खाल्टे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सोमबार दिउँसो १ बजेको समयमा काठमाडौँ जाँदै गरेको मोटरसाइकल भिरपानी चार घरे चोक नजिकै आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो प्रहरीको भनाइ छ । 

दुर्घटनामा परी गम्भीर घाइते मन्थली नगरपालिका–३ कठजोरका कार्कीको टाउकोमा गहिरो चोट लागेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको र मोटरसाइकलमा  पछाडि सवार दोलखा जिल्लाको मेलुंङ गाउँपालिका–२ घ्याङका सज्जित दर्जीको अवस्था भने सामान्य रहेको प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।