• २३ वैशाख २०८१, आइतबार

गोदाममा आगलागी हुँदा लाखौँको क्षति

blog

आगलागी भएको गोदाम । तस्विरः नवीन सुवेदी

नवीन सुवेदी 

सुर्खेत, बैशाख २ गते । सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक रङ्गरोगन तथा प्लम्बिङ गोदाममा आगलागी हुँदा ठुलो क्षति भएको छ । 

वीरेन्द्रनगर –६ खोर्केखोलानजिक रहेको पाइप गोदाममा आगलागी हुँदा भवन रङ्गरोगन तथा प्लम्बिङका लाखौँ मूल्यका सामान जलेर नष्ट भएको छ । सोही आगलागीबाट गोदामसँगै जोडिएको यज्ञपिस बोर्डिङ स्कुलको तीन कोठे भवन समेत जलेको छ ।

आगो नियन्त्रणका लागि दमकल तथा तालिम प्राप्त सशस्त्र प्रहरी, नेपाली सेना लगायत जनशक्ति परिचालन गरिएको छ । चार हजार लिटर क्षमताको नगरपालिकाको दमकलको पानी सकिएपछि आगो निभाउन नेपाल आयल निगमको दमकल, डिभिजन वन कार्यालयको ट्याङ्कर र नगरपालिकाको ट्याङ्कर समेत खटाइएको थियो । 

करिब दुई घण्टा लगाएर दमकलको सहायताबाट आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।