• १८ माघ २०८१, शुक्रबार

रूखले थिचेर बालकको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, माघ १८ गते । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–२ स्थित खानिखेतमा रुखले थिचेर एक बालकको मृत्यु भएको छ  ।

ईन्द्रसरोवर गाउँपालिका–२ का आदर्श पुडासैनीको शुक्रबार रुखले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

स्थानीय भागिरथ पुडासैनीले आफ्नै बारीमा रुख काटी रहेको अवस्थामा रुख ढली निजको नाति वर्ष १२ का आदर्श च्यापिन गई घाइते भएका भएका थिए । 

प्रहरीका अनुसार, रुखले च्यापिएर टाउको र दुबै हातमा चोट लागि गम्भीर घाइते भएका आदर्शको काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पताल उपचार क्रममा शुक्रबार साँझ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालकको शव काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा रहेको छ ।