• १३ साउन २०८१, आइतबार

तस्बिरमा कार्टुन कला प्रदर्शनी

blog

तस्बिर केशब गुरुङ्ग

काठमाडौं, वैशाख ४ गते। ‘निसाना’ कार्टुन कला प्रदर्शनी सुरु भएको छ।  कार्टुनिष्ट क्लबको आयोजनामा आइतबारबाट प्रदर्शनी सुरु भएको हो। ३ दिनसम्म चल्ने यो कला प्रदर्शनीमा ३६ जना ख्यातिप्राप्त र नवोदित कार्टुनिष्टका ५० थान कार्टुन राखिएको छ। 

सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले बबरहलस्थित नेपाल आर्ट काउन्सिलमा  प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। 

समारोहमा नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखरेल, पूर्वअध्यक्षद्वय विष्णु निष्ठुरी र शिव गाउँले पत्रकार भुवन केसी, कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज र कार्टुनिष्ट केशवराज खनालले कार्टुनको विषयमा धारणा राख्नुभयो।